INSEC Online

📅 २०८३ जेष्ठ २१

नगर अस्पतालको भवन निर्माण नहुँदा बिरामी समस्यामा

घोडाघोडी नगर अस्पताल भवनको शिलान्यास गरिएको एक दशक बितिसक्दा समेत निर्माण कार्य सम्पन्न नुहुँदा स्थानीयहरु समस्यामा परेका छन् । १५ शैयाको अस्पताल बनाउने योजना सहित निर्माणकार्य सुरु गरिएको एक दशक भइसक्दा पनि अस्पताल भवन निर्माण कार्य अगाडि बढ्न नसक्दा  बिरामी समस्यामा परेका हुन् ।

नगर अस्पतालको निर्माण नहुँदा समान्य बिरामी हुँदा समेत धनगढी, नेपालगंज र भारतका बिभिन्न अस्पतालमा जानु पर्ने बाध्यता रहेको र बिरामीहरुको समय र पैसा दुवै खर्च हुने गरेको मानव अधिकार समूहका अध्यक्ष आशा परियारले बताउनु भयो ।

photo20250326kailali (1)

उहाँले भन्नुभयो— ‘नगरपालिका भित्र अस्पताल नहँुदा आर्थिक रुपमा विपन्न नागरिकलाई आर्थिक समस्याका कारण घरमै घरेलु उपचार गरी रोग लुकाएर बस्नु पर्ने बाध्यता छ ।’

घोडाघोडी नगरस्तरीय भलमन्सा समितिका सचिव अमन चौधरीले घोडाघोडी नगर अस्पतालको शिलान्यास हुँदा नगरिकमा नजिकै सस्तो र सुलभ स्वास्थ्य उपचार पाउने आशा भए पनि लामो समयदेखि अस्पताल निर्माण नहुँदा गरिब र असहाय समुदायका नगरिक सबै भन्दा बढी समस्यामा रहेको बताउनु भयो ।

नगर अस्पताल नहँुदा बिरामी पर्दा महँगोमा उपचार गराउन टाँढा नीजि अस्पतालमा जानु पर्ने बाध्यता रहेकाले आर्थिक रुपमा कमजर परिवारका बिरामी घरमै बस्न बाध्य भएका स्थानीय नेहा नगरिले गुनासो गर्नु भयो ।

photo20250326kailali (2)

१० वर्ष अगाडि शिलान्यास गरिएको नगरअस्पतालको निर्माणधिन जग्गा नगरपालिकाले भोगाधिकार लिन नसक्दा निर्माणको जिम्मा लिएको ठेकेदारले काम अगाडि बढाउन नसकेको घोडाघोडी नगपालिकाका प्रमुख खडकबहादुर रावतले बताउनु भयो ।

१५ शैया नगरअस्पतालको लागि जग्गाको भोगाधिकार र डिपीआर स्किृत नहुँदा निर्माण कम्पनीले काम अगाडि बढाउन नसक्दा स्थानीय बिरामीहरुले समस्या भोग्नुपरेको र यसका लागि पहलभइरहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो