५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बारा जिल्ला सीमरा उपमहानगरपालिका–४ घर भइ हाल भरतपुर महानगरपालिका–८ का ३४ वर्षीय पुरुषलाई ०८१ चैत १३ गते जिल्ला प्रहरी कार्यालय चितवनले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई चैत ९ गते बलात्कार गरेको भन्दै आरोपिविरुद्ध पीडितको आमाले चैत ११ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण चैत ११ गते भरतपुर अस्पतालमा गरिएको छ ।
आरोपितलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिसपीले रविन्द्र खनालले बताउनु भयो ।