१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ भदौ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ८ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते स्वास्थ्य कार्यालय, बझाङमा गरिएको छ ।