INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित सुन्दरहरैंचा नगरपालिका-१० विराट चौकका ६२ वर्षीय देवराज कार्की चैत ८ गते गिरफ्तार भएका छन् ।
पीडित ४० वर्षीया अधिवक्ता तथा अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयमा विद्युतीय कारोवार ऐन अन्तर्गतको अपराधमा आरोपितविरुद्ध चैत ३ गते उजुरी दिनु भएको थियो ।
पीडितले चैत १ गते सामाजिक सञ्जाल फेसबुकमार्फत “काठमाडौ स्कुल अफ लका सञ्चालक संग्रौलामाथि विद्यार्थीलाई दुव्र्यवहारको आरोप” शिर्षकको अनलाइन समाचार शेयर गर्नुभएको थियो । उक्त शेयर टिप्पणीप्रति आरोपितले पीडितको चरित्रमाथि लाञ्छना लगाउँदै अपमानजनक टिप्पणी गरेकाले आरोपितलाई कारवाहीका लागि पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

अन्य

भिडियो