२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत १ गते ब्रह्मदेवस्थित आफ्नो घरमा लगेर दुई दिनसम्म राखेर चैत ३ गते बलात्कार प्रयास गरी ज्यान मार्ने उद्योगगरेकोले आरोपित विरुद्ध चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको पीडित पक्षको भनाइ छ ।
पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई चैत ४ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेशराज जोशीले बताउनु भयो ।
पीडितको स्वास्थ्य उपचार चैत ४ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।