INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद: आन्दोलनरत पक्षलाई वार्तामा आउनु पुन: गृह मन्त्रालयद्वारा आह्वान

ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा निर्माणाधीन केवलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले पुन: आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।

गृह मन्त्रालयले ०८१ चैत १ गते विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा पुन वार्तामा आउन आह्वान गरेको हो ।

आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र सम्वादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय सङ्घर्ष समिति ताप्लेजुङका प्रतिनिधिहरूलाई तत्काल वार्तामा आउन आह्वान गरिएको छ ।

केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र सम्वादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि ०८१ माघ २२ गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो ।

सरकारले ०८१ फागुन ९ गते र फागुन १२ गते पनि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो ।

आन्दोलनरत समूहले भने मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आधिकारिक आह्वान पत्राचार गरिनुपर्ने, गिरफ्तारीमा परेकाको रिहाइ, निर्माणकार्य बन्द, पाथीभरा क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने माग यसअघि गरेका थिए ।

नो केबलकार’ समूहले ०८१ फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो ।

फागुन ८ गते केवलकारको निर्माणस्थल काफ्लेपाटीमा नो केवलकार समूह र प्रहरीबिच झडप भएको थियो ।

Photo 2025013 Taplejung

अन्य

भिडियो