२९ वर्षीया महिलाको नक्कलि प्रोफाइल बनाएर चरीत्र हत्या हुने गरी सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेको आरोपमा वीरगञ्ज महानगरपालिक-२३ का ३३ वर्षीय नन्दलाल दासविरुद्ध पीडित पक्षले ०८१ फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
पीडित पक्षाका अनुसार आरोपित दासले फागुन २८ गते पीडितको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा फोटो पोस्ट गरेको हो । उजुरी पश्चात आरोपित दास फारार रहेकोले खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका, पर्साका डिएसपी सुवास भट्टले जानकारी दिनुभयो ।