INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

सात वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले दोलखा जिल्ला बैतरश्वर गाउँपालिका–७ घर भई नवलपरासी पूर्व कावासोती नगरपालिका –१७ गोछडा बस्दै आएका ३७ वर्षीय किरण घिमिरेलाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

नवलपुर जिल्ला अदालतका न्यायाधीस कमलप्रसाद ज्ञवालीको फागुन ८ गतेको इजलासले बाल यौन दुव्र्यवहार कसुर ठहर गर्दै आरोपितलाई तीन महिना कैद, १० हजार रुपियाँ जरिबाना र ४० हजार पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०८१ कात्तिक ४ गते यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले घिमिरेलाई सोही दिन गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो