INSEC Online

📅 २०८३ जेष्ठ २१

‘कथित बोक्सी’ आरोप घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

खाँडाचक्र नगरपालिका–१ का २० वर्षीया मन्दरा विकलाई ‘कथित बोक्सी’को आरोप लगाई धम्की दिएको आरोपमा सासु ४१ वर्षीया तुल्सी विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २६ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले ‘कथित बोक्सी’ आरोपमा गालिगलौज, मार्ने धम्कीसमेत दिएको पीडित पक्षको आरोप रहेको छ । घटनाका आरोपित विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर किशोर केसीले बताउनु भयो ।

अन्य

भिडियो