INSEC Online

📅 २०८३ जेष्ठ २१

बोक्सी भन्दै दुर्व्यवहार गरेका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्था का ४४ वर्षीय रामलखन दासविरुद्ध ०८१ फागुन २६ गते पीडितले कुर्था प्रहरी चौकीमा उजुरी दिनुभएको छ ।

आरोपित दासको भैंसी चार दिनदेखि बिरामी भइ उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नआएको निहुँमा आरोपितले फागुन २१ गते बोक्सीको आरोप लगाई गालिगलौज गरी दुर्व्यवहार गरेको पीडितको आरोप रहेको छ ।

पीडित महिलाले दिएको उजुरीको आधारमा आरोपितलाई फागुन २६ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको कुर्था प्रहरी चौकीका असइ युगल चौधरीले जानकारी दिनुभयो ।

अन्य

भिडियो