१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय बालिकाका दाजु नाता पर्ने छिमेकीलाई ०८१ फागुन २६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले ०८० असार र पुसमहिनामा बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय, पाटनमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बल्देब बडुले बताउनु भयो ।
पीडित बालिकाबाट बच्चा जन्मिएपछि घटना बाहिरीएको र आरोपित पीडितकै छिमेकी दाजु नाता पर्नेभएकोले नाम गोप्य राखिएको इन्स्पेक्टर बडुले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।
यसैगरी १५ वर्षीया बालिकालाई ०८१ माघ महिनामा ललाइफकाई बलात्कार गरेको आरोपमा प्रहरीले ३० वर्षीय दाजु नाता पर्ने छिमेकीलाई ०८१ फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बल्देब बडुले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८१ फागुन २५ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।