INSEC Online

📅 २०८३ जेष्ठ २१

नवदुर्गा गाउँपालिकाद्वारा एकल महिलालाई सम्मान !

नवदुर्गा गाँउपालिकाले गाउँपालिका भित्ररहेका ४० वर्ष मूनिका ५८  जना एकल महिलालाई सम्मान गरेको छ ।

११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ०८१ फागुन २४ गते गाउँपालिकाले एकल महिलालाई सम्मान गरेको हो ।

अझैपनि पतिबाट एक्लिएका एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण सकारात्मक नरहेको अवस्थामा गाउँपालिकाले कार्यक्रमको आयोजना गरी सम्मान गरेकोमा आफूहरुलाई थप हौसला बढेको नवदुर्गा गाउँपालिका–५ का स्थानीय ललिता साउदले बताउनु भयो ।

एकल महिला पनि यसै समाजका नागरिक भएको र एकल महिलालाई पनि ससम्मान बाँच्न पाउने अधिकार भएकोले समाजमा राम्रो सन्देश पुगोस् र एकल महिलाका समस्या समाधान गर्न गाउँपालिका सँगसँगै छ भन्ने विश्वास जगाउन सरोकारवालाहरुका बिच कार्यक्रमको आयोजना गरी दोसल्ला सहति १ हजार रुपियाँ नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताउनु भयो ।

photo20250309dadeldhura (3)

एकल महिला तथा ज्येष्ठ नागरिकका समस्या समाधानका लागि जुनसुकै समयमा सहयोग गर्न आफू तयार रहेको उहाँले बताउनु भयो ।

एकल महिलालाई सम्मान गर्न पाउँदा आफूलाई खुःसी महसुसभएको र आगामी दिनमा एकल महिलाका लागि सीप विकासका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्टले बताउनु भयो ।

अन्य

भिडियो