INSEC Online

📅 २०८३ जेष्ठ २२

जनशक्ति नहुँदा तीन वर्षदेखि आइसियु अलपत्र, बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता !

गुल्मी अस्पतालमा कोभिडको पहिलो र दोस्रो लहरको जोखिमका बेला खरिद गरिएको डेढ करोडका महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगविहिन हुँदा बिरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता भएको छ ।

दुई ओटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु जनशक्ति नहुँदा तीन वर्षदेखि प्रयोग नभएर अलपत्र परेको छ । तर, नागरिक आइसियुको सेवा लिन जिल्ला बाहिर जान बाध्य छन् । कोभिड–१९ को बेला दुई करोड विनियोजित बजेट मध्ये डेढ करोडमा ०७० सालमै पुर्वाधार र उपकरण जडानको काम सकिएको छ । तर, गुल्मी अस्पतालमा जनशक्ति र पाइप लाइन बिस्तार नहुँदा आइसियु अलपत्र छ ।

Photo10032025Gulmi

गुल्मी अस्पतालका तम्घास अस्पताल विकास समिति अध्यक्ष गोपाल पाण्डेयले भेण्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा महत्त्वपूर्ण उपकरण अलपत्र रहेको बताउनु भयो । उहाँले प्रदेश स्तर र सङ्घ सरकारबाट जनशक्ति व्यावस्थापन भए जिल्लाबासीलाई अस्पतालबाट आइसियु सेवा दिन सकिने भएपनि अहिले वुटवल काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेको बताउनु भयो । स्वभाविक रुपमा आइसियु सञ्चालन भए अस्पतालको सेवाप्रबाह बढ्ने र नागरिकलाई फाइदा पुग्छ । तर, राज्यको डेढ करोडको लगानी उपयोगबिहिन हुँदा नागरिकलाई आइसियु सेवाको लागि हजारौँ रुपियाँ खर्च गरेर जिल्ला बाहिर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय रेसुंगा नगरपालिका–२ का शिव बहादुर केसीले गुनासो गर्नुभयो । उहाँले जिल्लास्तरिय अस्पतालमा समय अनुसार आइसियु आवश्यक भएकाले सरकार र सरकारका निकायले ध्यान दिनुपर्ने बताउनु भयो । बसाइँसराइको प्रमुख कारण मध्ये राम्रो स्वास्थ्य सुविधा नहुनु हो ।

उहाँले भन्नुभयो – ‘जिल्लामा कम्तिमा सुविधासम्पन्न अस्पताल चाहिन्छ । भएकै उपकरण जनशक्ति नभएर सञ्चालन नहुनु दुखद पक्ष हो ।’ स्थानीय सरकारको तर्फबाट रेसुंगा नगरपालिकाले असप्ताललाई विभिन्न सहयोग गरिरहेको छ । तर, जनशक्ति व्यावस्थापन आफूहरूको पहुँचमा नभएकाले प्रदेश र सङ्घले छिटो व्यावस्थापन गर्नुपर्ने रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनु भयो ।

अन्य

भिडियो