INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोहलपुर नगरपालिका–१०, चटारका २९ वर्षीया राधे किसुन थारुलाई प्रहरीले ०८१ फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २३ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी धर्मबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २३ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।

अन्य

भिडियो