३८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बढैयाताल–४ बुटाहा खैरेनीका ५५ वर्षीय हाकिम थारूलाई ७ वर्ष सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ फागनु २२ गतेको इजालसले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, तीन लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।
महिलालाई ०८० पुस २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २७ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई चैत २४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।