INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बाँसगढी नगरपालिका–४ का २१ वर्षीय अस्बिनकुमार थारुलाई १८ वर्ष सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ फागनु २२ गतेको इजालसले कसुर ठहर गर्दै १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई ०८० फागुन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन ३० गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो