INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गेरुवा गाउँपालिका–६, नौरङगाका २० वर्षीय अनिल थारुलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ फागनु २२ गतेको इजालसले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

बालिकालाई अन्तिम पटक ०८० कात्तिक २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३० कात्तिक २७ गते इलाका प्रहरी कार्यालय, राजापुरमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई कात्तिक २७ गते गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण कात्तिक २७ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो