INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला

१६ वर्षीय अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनका न्यायधीश रमेशप्रसाद ज्ञवालीको इजलासले फागुन २२ गते १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ । रत्ननगर नगरपालिका २ वस्ने २२ वर्षीय विक्रम तामाङलाई कैद सजाय सँगै ५ लाख जरिवाना, ५० हजार क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार जम्मा गर्ने फैसला भएको चितवन अदालतका सूचना अधिकारी अमृत विकले बताउनुभयो ।

सोही घटनामा संलग्न भएको कसुरमा १५ वर्षीय बालकलाई भने विक्रमलाई भएको सजायको आधा सजाय हुने भनी फैसला भएको छ ।

पीडित बालिका ०८० भदौ १५ गते बलात्कार भएको भनी पीडित पक्षले भदौ १६ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको थियो ।

कसुरदार दुवै जना भदौ १६ गते गिरफ्तार भएका थिए । न्यायधीश वासुदेव न्यौपानेको इजलासले ०८० असोज ९ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अन्य

भिडियो