INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको कसुरमा १२ वर्ष ६ महिना कैद सजाय फैसला

बालिका बलात्कार आरोपमा जिल्ला अदालत चितवनका न्यायधीश दुर्गादेवी गुरुङको इजलासले फागुन २० गते भरतपुर महानगरपालिका–९ बस्ने ३१ वर्षीय सन्तोष क्षेत्रीलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । अदालतका सूचना अधिकारी अमृत विकका अनुसार पीडकलाई ५ लाख रुपैयाँ जरिवाना, २ लाख क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २० हजार राख्ने गरी फैसला भएको छ ।

१५ वर्षीया बालिकालाई २०७९ पुस २७ गते अन्तिम पटक बलात्कार गरेको भनी क्षेत्रीविरुद्ध पीडितको आफन्तले २०७९ फागुन ४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । आरोपीत ०७९ फागुन ५ गते गिरफ्तार भएका थिए ।

बालिकाको फागुन ४ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । क्षेत्री ०७९ चैत ६ गते न्यायधीश वासुदेव न्यौपानेको इजलास आदेशले पूर्पक्षका लागि थुनामा गएका थिए ।

अन्य

भिडियो