INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा परवानिपुर गाउँपालिका-५ का २१ वर्षीय विकाश पटेल, ४६ वर्षीय जयाकान्त पटेल र ४८ वर्षीय प्रकाश पटेलविरुद्ध पीडित पक्षले फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितहरूले फागुन १४ गते बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ । घटनापश्चात आरोपितहरू फरार रहेको जिल्ला प्रहरी कार्यालय कलैयका एसपी सन्तोश तामाङले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्या परीक्षण कलैया अस्पतालमा फागुन १४ गते भयो ।

अन्य

भिडियो