निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको भन्दै प्रहरीले मङ्सिर १० गते नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
सिरानचोक गाउँपालिका–८ जौबारीबाट चुनावी प्रचारमा प्रयोग भएको ग २ च १७१५ नम्बरको गाडी सहित १ लाख रुपियाँ पनि सो स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए ।
गिरफ्तार हुनेमा गोरखा नपा–११ का दिपेन्द्र सुनार, गोरखा नपा–१० का डिलमान गुरुङ, गोरखा नपा–६ का भरतकुमार श्रेष्ठ, अम्बरबहादुर गुरुङ र गोरखा नगरापालिका–८ बस्ने खुश बहादुर थापा रहेका छन् ।
‘शङ्कास्पद अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएका हौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’– एसपी अधिकारीले भने ।
राती १२ बजेपछि पास बिनाको सवारी चलाउन नपाइने भएपनि उनीहरू पास बिना हिँडेको पाइएको प्रहरीले जनाएको छ ।