INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासत कक्षको अनुगमन

Photo 20250225 Dhanusha

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको संयुक्त टोलिले ०८१ फागुन १२ गते इलाका प्रहरी कार्यालय, सबैलाको हिरासत कक्षको अनुगमन गरेको छ।

इलाका प्रहरी कार्यालयको अनुगमन राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका कार्यालय प्रमुख बुद्धनारायण सहनी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवान, मानव अधिकार अधिकृत राहुल ठाकुर, इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोष कुमार यादवको टोलीले गर्नुभयो ।

अनुगमनको क्रममा टोलीले सबैलाको मानव अधिकार अवस्थाको विषयमा इलाका प्रहरी कार्यालयका सइ दिलिप श्रेष्ठसँग जानकारी लिनुभयो ।

सोही क्रममा इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर दिपक महत क्षेत्री कार्यालयको काम विशेषले बाहिर गएको इलाका प्रहरी कार्यालयका सइ दिलिप श्रेष्ठले बताउनुहुँदै प्रहरी हिरासतको अवस्थाको विषयमा जानकारी गराउनु भयो । उहाँले भन्नु भयो “हिरासतमा रहेका थुनुवाहरूको अवस्था राम्रो रहेको र हाल हिरासत कक्षमा कुटपिट घटनामा ६ दिनदेखि एक जना ३७ वर्षीय दिपेन्द्र ठाकुर बरहीलाई नियन्त्रणमा लिइ राखिएको छ” । साथै यस इलाका प्रहरी कार्यालयमा बालविवाह र बहुविवाह जस्ता घटनाहरूको उजुरी न्यून रहेको उहाँले बताउनु भयो ।

त्यसैगरी, सबैला नगरपालिकाभित्र बसोबास गर्दै आएका महिला तथा पुरुषहरू आआफ्नो काममा व्यस्त भएको कारण खासै गम्भिर प्रकृतिको घटनाहरू नआएको । तर, पति पत्नी र सासु बुहारीबीच भएको सामान्य घरायसी झगडा तथा सामान्य घरेलु हिंसाका घटनाहरू प्रहरी चौकीमा बढी आउने गरेको सइ श्रेष्ठले बताउनु भयो । छिमेकी राष्ट्र भारतसँगको खुल्ला सिमानाको कारण यहाँ लागु औषध तथा दुव्र्यसनीका घटनाहरू बढी हुने गरेको सइ श्रेष्ठले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय सबैलका सइका अनुसार समाजिक स्तरमा छलफलको माध्यमबाट समाधान हुने समस्या तथा घटनाहरूलाई वडा कार्यालय र नगरपालिकाको न्यायक समितिमा पठाउने गरेको भए तापनि गम्भीर खाले घटनाहरू प्रहरी कार्यालयले हेर्दै आएको छ ।

साथै, अपराधिक घटनाहरू न्यूनिकरण गर्न इलाका प्रहरी कार्यालय सबैलाले विभिन्न प्रकारका जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको सइ श्रेष्ठले प्रहरी कार्यालयको हिरासत अनुगमन गर्न पुगेका अनुगमन टोलीलाई बताउनु भयो ।

अन्य

भिडियो