उत्तरगया गाउँपालिका–१ करुम¥याङ घर भई सोही गाउँपालिका–५ बोगटीटार बस्ने जेष्ठ नागरिक ६२ वर्षीय प्लेक्ता तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङलाई प्रहरीले ०८१ माघ १९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई लेनदेनको विषयलाई लिएर ०८१ माघ १७ गते दिउँसो कुटपिट गर्दा आँखा तथा मुहारमा गम्भीर चोट लागेका घाइते घएकोमा १८ गते ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर केशव भट्टराइले बताउनु भयो ।
शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल काठमाडौँमा माघ १९ गते गरियो ।
मृतकको शव माघ १९ गते घर ल्याई माघ २० गते अन्तिम संस्कार गरिने पीडितका आफन्तले बताए ।