INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट

पोखरा महानगरपालिका–६ जरेवरस्थित गण्डकी एकेडेमी विद्यालयमा कक्षा ६ मा अध्ययनरतएक छात्रलाई ०८१ फागुन ६ गते गणित शिक्षक २३ वर्षीय विपिन कार्कीले कुटपिट गरे । शिक्षकले विद्यार्थीलाई शौचालय जानसमेत नदिएर शरीरमा नीलडाम हुने गरी कुटपिट गरेको बालकले बताएका छन् । विद्यालयले शिक्षक कार्कीलाई बर्खास्त गरेपछि घटना सार्वजनिक भएको हो ।

पीडित पक्षको मौखिक उजुरी पश्चात् जिल्ला प्रहरी कार्यालय कास्कीले शिक्षक कार्कीलाई फागुन ६ गते गिरफ्तार गरेको थियो ।

वडा प्रहरी कार्यालय पोखरा– ६ बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले घटनालगत्तै विद्यालयमै गएर शिक्षकलाई गिरफ्तार गरेको र भोलिपल्ट सार्वजनिक बिदा भएका कारण थुनुवा पुर्जी दिएर हिरासतमा राखेको बताए । अभिभावकलाई बोलाएर उजुरी दिन आग्रह गरे पनि उजुरी नदिएको उनले बताए । अभिभावकसँग उजुरी दिन पटक–पटक अनुरोध गर्‍यौँ, तर उजुरी दिन नमानेपछि फागुन ८ गते अभिभावकको जिम्मामा शिक्षकलाई रिहा गरेको डिएसपी निरौलाले बताउनु भयो ।

विद्यार्थीको उपचारमा लागेको सबै खर्च विद्यालयले व्यहोरेको प्रधानाध्यापक शिवराज पौडेलले बताउनु भयो ।

अन्य

भिडियो