INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

बराहक्षेत्र नगरपालिका-११ मधुवनकी २६ वर्षीया आशाकुमारी मेहताले ३८ वर्षीय जेठाजु अरूणकुमार मेहताले कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ ।

नेपाली सेनामा कार्यरत मेजर अरूणकुमार मेहताले घरायसी विवादका क्रममा ०८१ फागुन ३ गते कुटपिट गरेको पीडितले बताउनु भयो ।

दाजुको सात वर्षअघि मृत्यु भएको र आफूलाई जेठाजुले एकल महिला भएकै कारण कुटपिट गरेको पीडितको आरोप छ ।

कुटपिट घटनाका आरोपित अरूणकुमारविरूद्ध पीडितले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर दिनेश अधिकारीले बताउनु भयो ।

एकल महिला भएकै कारण हेपेर कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीका उजुरी दिएको पीडितका दाजु मनोजकुमार मेहताले बताउनु भयो ।

कुटपिटबाट घाइते हुनु भएकी आशाकुमारीको विराटनगरस्थित सप्तकोशी अस्पतालमा उपचार भइरहेको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो