नेपालगञ्ज उपमहानगरपालिका-१०, आदर्शनगरस्थित नेपालगञ्ज हेल्थ क्याम्पसका १८ वर्षीय किशोर निरज वैश्यलाई विद्यार्थीको टेबलमा राखिएको चिठ्ठीको खाम छोएको निहुँमा कुटपिट गरेको आरोपमा नेपालगञ्ज हेल्थ क्याम्पसका सञ्चालक ६५ वर्षीय मैकूलाल बाल्मिकी, प्रधानाध्यापक ६३ वर्षीय प्रभाकर मिश्र र क्याम्पसका कर्मचारी ३५ वर्षीय पदमा थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ फागुन ४ गते उजुरी दर्ता भएको छ ।
सञ्चालक, व्यवस्थापक तथा प्रशासन फाँटका कर्मचारीहरूले विद्यार्थीको टेबलमा राखिएको चिठ्ठीको खाम छोएको निहुँमा कुटपिट गरेको र अभिभावक ५० वर्षीय अखलेख गुप्ता, २० वर्षीया आदित्य गुप्ता, २० वर्षीया आचल गुप्तालाई समेत गालीगलौच तथा हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
छोरालाई कुटपिट गरेको खबर पाएपछि क्याम्पसमा जाँदा दुर्व्यवहार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।