३८ वर्षीया महिलालाई ०८१ असार ६ गते बलात्कार गरेको कसुरमा महाभारत गाउँपालिका-१ गोकुलेका २९ वर्षीय दिलकुमार श्रेष्ठलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले सात वर्ष कैद, ३ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला माघ ३० गते गरेको छ ।
पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ९ गते धुलिखेल अस्पतालमा गरिएको थियो ।