INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार मुद्दाका फरार कसुरदार गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतबाट आठ वर्ष ११ महिना ११ दिन कैद सजायको फैसला भएपछि फरार भएका कसुरदारलाई प्रहरीले गिरफ्तार गरेको छ ।

जिल्ला अदालतबाट ०७६ असार २९ गते कैद सजाय आदेश भएका मादी नगरपालिका-८ का ४१ वर्षीय गौतम लिङ्थेपलाई प्रहरीले ०८१ फागुन १ गते गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुनमा बलात्कार गरेको आरोपमा पीडित पक्षले  आरोपितविरुद्ध ०७५ फागुन  २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७५ फागुन २७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको ०७६ असार २९ गतेको आदेशले कैद सजायसँगै पीडितले पाउने गरी ३० हजार रुपियाँ कसुरदारबाट भराउन आदेश दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७५ फागुन २० गते गरिएको थियो ।

अन्य

भिडियो