INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीलाई पन्युले डामेको घटनाको छानविन गरिने

भिमाद नगरपालिकाले विद्यालयमा विद्यार्थीलाई पन्युले डामेको घटनाको छानविन गर्न नगरपालिकाले कार्यदल गठन गर्ने भएको छ । भिमाद नगरपालिकाकाले सामुदायिक तथा नीजि विद्यालयमा विद्यार्थीमाथि हुने कुटपिट र दुर्व्यहवारका घटनाका बारेमा छानविन गर्न नगरपालिकाका शिक्षा शाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने नगर प्रमुख दधिराज सुवेदीले बताउनु भयो ।

भिमाद नपा–६ भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय बालकलाई सोही विद्यालयकी शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठले माघ २९ गते तातो पन्युले डामेको घटना सार्वजनिक भएपछि नगरपालिकाले नगरपालिकाभरिका विद्यालयमा विद्यार्थीमाथि हुने यातनाको घटना छानविन गर्न कार्यदल गठन गर्ने नगरप्रमुख सुवेदीले बताउनु भयो ।

उक्त कार्यदलले सामुदायिक तथा नीजि विद्यालयमा विद्यार्थीमाथि  हुने कुटपिट र दुर्व्यवहारका घटनाका बारेमा छानविन गर्ने मेयर सुवेदीले बताउनु भएको हो ।

सो घटनाकी आरोपित शिक्षिका श्रेष्ठलाई प्रहरीले माघ ३० गते बिहान गिरफ्तार गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो