INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला कारागारमा बिरामी सङ्ख्या बढ्दै

जिल्ला कारागारमा बिरामी सङ्ख्या बढ्दै गएको छ । हरेक गर्मीमा उच्च हुने बिरामी सङ्ख्यामा यस वर्ष भने गर्मी सुरु नहुँदै वृद्धि भएको छ । जिल्ला कारागार कार्यालयमा बिरामीको चाप बढेकाले उपचारमा समस्या आएको छ ।

जिल्ला कारागारमा भएका कैदीबन्दीमा रुघा, खोकी, ज्वरो, शरीर दुख्ने साथै मानसिक समस्या पनि देखिएको छ । चिकित्सकको न्यून उपलब्धता र कैदीबन्दीको अधिकतम सङ्ख्याका कारण सामान्य लक्षण देखिने बित्तिकै उपचार हुन नसक्दा बिरामी हुनेहरूको सङ्ख्या बढेको जेलर जितेन्द्र चौधरीले बताउनु भयो ।

१ सय ५० जना पुरुष र २५ जना महिला गरी १ सय ७५ जनाको क्षमता रहेको जिल्ला कारागारमा ४ सय ६५ जना कैदीबन्दी छन् । जसमा ९० जना महिला र ४ सय ६५ जना पुरुष रहेका छन् ।

अन्य

भिडियो