पाँच वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ११ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद, ३ लाख ५० हजार रुपियाँ जरिबाना र १ लाख ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको छ ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले माघ २९ गते फैसलाको जानकारी दिँदै २०८१ पुस १ गते मुद्दाको अन्तिम फैसला भएर कैद सजाय निर्धारण भएको जनायो ।
पीडित बालिकालाई आरोपित बालकले ०८० चैत १८ गते बलात्कार गरेको आरोपमा मुद्दा चलाइएको थियो । पीडितका आफन्तले ०८० चैत्र २० गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका थिए भने आरोपितलाई चैत १९ गते गिरफ्तार गरिएको थियो ।
यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले २०८१ वैशाख १० गते जिल्ला अदालतमा अभियोग दर्ता गरेकोमा अदालतको आदेशमा आरोपितलाई पुर्पक्षका लागि बाल सुधार गृह भक्तपुरमा राखिएको थियो ।