देवानगञ्ज गाउँपालिका-६ की २७ वर्षीया पुजादेवी मण्डलले न्यायका लागि प्रहरीमा उजुरी दिँदा सोही ठाउँका १९ वर्षीय देवेन्द्र मण्डलले माघ २८ गते कुटपिट कुटपिट गरेको आरोप लगाउनु भएको छ ।
आरोपितले आफूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा नकारात्मक कुरा लेखेको र सोका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २८ गते उजुरी दिँदा आरोपितले कुटपिट गरेको पीडित पुजाको आरोप छ ।
कुटपिटबाट टाउको र छातीमा चोट लागेर घाइते हुनु भएको पुजाको न्यूरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।
पुजाले नै आफूविरुद्ध नराम्रा कुरा फेसबुकमा लेखेको र आफूलाई कुटपिट गरेको आरोपित देवेन्द्रको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी सुमन तिम्सिनाले दुवै पक्षबिच साइवर क्राइमका विषय विवाद रहेको र पीडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि कुटपिट भएको बताउनु भयो ।
घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको एसपी तिम्सिनाले बताउनु भएको छ ।