INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले म्यसेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका बार्तालापको स्क्रिन रेकर्ड गरेर उक्त स्क्रिन रेकर्डलाई सम्पादन गरी अश्लिल सन्देश सहितको भिडियो बनाई पोष्ट गरेर चरित्र हत्या गरेको भन्दै पीडितले माघ २३ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालय, दाङको सहयोगमा गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी दिपकराज अवस्थीले बताउनु भयो ।

एसपी अवस्थीका अनुसार उजुरी लगत्तै आरोपितलाई गिरफ्तार गरेर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

अन्य

भिडियो