INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच वर्षसम्म सञ्चयकोष रकम जम्मा नहुँदा गाउँपालिकाका कर्मचारी मर्कामा

पाँच वर्षसम्म सञ्चयकोष रकम जम्मा नहुँदा नाम्खा गाउँपालिकाका कर्मचारी मर्कामा परेका छन् । नाम्खा गाउँपालिका–५ मुचु गाउँका पेमा दोर्जे लामाले कर्मचारी अवधि भरिको पाउनु पर्ने सेवा सुविधाको रकम कर्मचारी सञ्चयकोषमा जम्मा नभएको गुनासो गरेका छन् । जिल्लाको नाम्खा गाउँपालिका पशु शाखामा कार्यालय सहयोगी (पाचौँ स्तर) मा कार्यरत कर्मचारी लामाको दुई वर्षको कर्मचारी सञ्चयकोषमा जम्मा हुनुपर्ने सेवा सुविधाको रकम जम्मा नभएको गुनासो गरेका हुन् ।

२०२३ साउन ३ गते जन्मेर २०५३ असोज २२ गते स्थाई कर्मचारीका रुपमा सेवा प्रवेश गर्दै ०८१ साउन ३ गते २७ वर्ष ९ महिना ११ दिन सेवा अवधि पार गरी ५८ वर्षको उमेरमा अवकास प्राप्त गरेका लामाको गाउँपालिकाको चरम लापरबाहीका कारण उक्त सेवा सेविधाबाट वञ्चित हुनु परेको लामाले गुनासो गरेका छन् । उहाँ अवकास भएको जम्मा पाँच महिना बित्यो । उहाँले नेपाल सरकारले उपलव्ध गराउँदै आएको सेवा सुविधा आफ्नो सञ्चयकोषमा जम्मा नभएको भन्दै गाउँपालिकालाई जानकारी गराउनुभयो । गाउँपालिकाले सो रकम तत्काल सञ्चयकोषमा जम्मा हुने आश्वासन दियो । उक्त रकम झिक्नका लागि लामा काठमाडौँ पुग्नुभयो ।

काठमाडौँ पुगेको चार महिना बितिसक्दा पनि गाउँपालिकाले सो रकम हालसम्म जम्मा नगरेको लामाले आरोप लगाउनुभयो । लामा काठमाडौँमा पुगेर सो रकमका बारेमा बुझ्दा गाउँपािलकाको चरम लापरबाहीका कारणा गत आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को रकम कर्मचारी सञ्चयकोषमा हालसम्म जम्मा नभएको जानकारी भएको बताउनु भयो ।

लामाले करिव पाँच वर्षदेखि नेपाल सरकारबाट उपलब्ध गराउँदै आएको उक्त सेवा सुविधा कर्मचारी सञ्चयकोषमा जम्मा नभएको गुनासो गर्नुभएको छ । उक्त रकम जम्मा नहुँदा आफूले दुख पाउने काम मात्रै भयो लामाको भनाइ छ । हुम्लाका स्थानीय तहले स्थायी कर्मचारी समेत रहेका कर्मचारीको त सेवा सुविधा कटौती गरेका छन् भने अरुत यहाँका जनप्रतिनिधि र माथिल्लो स्तरका कर्मचारीबाट के आशा अपेक्षा गर्नु लामाको भनाइ छ ।

उहाँले आफ्नो रकम जम्मा नगर्नुमा मुख्य तय गाउँपालिका लेखापालको गल्ती भएको उल्लेख गर्नु भएको छ । करीव २४ महिनाको रकम लामाको कर्मचारी सञ्चयकोषमा जम्मा किन भएन भन्दै नाम्खा गाउँपालिका लेखापाल रेजिना वलीसंग बुझ्दा उहाँले गत आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को कर्मचारी सन्चयकोष र विमाको रकम जम्मा हुन बाँकी रहेको स्वीकार गर्दै त्यतीवेला आफु गाउँपालिकामा कार्यरत नभएको र पुरानो लाखापालको गल्ती हो भन्ने प्रतिक्रिया दिनुभयो ।

लामाले नपाएको रकम पालीकाले व्यहोर्नु पर्ने भन्दै लेखापाल वलीले यतिवेला आफु जिल्ला बाहिर रहेको र गाउँपालिकामा फर्कदासाथ फाइलहरू खोलेर गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र आफू बसेर छलफल गर्ने जानकारी दिनुभयो ।

अन्य

भिडियो