INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

नारायण नगरपालिका-१ की ११ वर्षीया बालिका शिक्षकको कुटपिटबाट घाइते भएको पीडित पक्षले आरोप लगाएको छ । नारायण नगरपालिका-१ स्थित त्रिभुवन माविमा शिक्षक गणेश रेग्मीले लाठीले हान्दा कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका घाइते भएको पीडित पक्षले आरोप लगाएका हुन् ।

पीडित बालिकाको दाहिने हातको कुहिना चर्केको छ । माघ ९ गते दिउँसो कक्षा ८ र ९ को समूहगत लडाइँ भएको बेला हेर्न गएका विद्यार्थीलाई धपाउँदै गरेको बेला आफूलाई दाहिने हातको कुहिनामा शिक्षकले लाठीले हानेको कारण हातमा चोट लागेको बालिकाले बताउनु भयो । शिक्षक रेग्मीले भन्नुभयो – ‘धपाएको हो तर हानेको होइन ।’

विद्यालयमा घटना भएको कारण उपचारको जिम्मा विद्यालयले लिने गरी उपचार थालिएको र बालिकालाई गाह्रो भएको भनी अभिभावकले सम्पूर्ण उपचारको जिम्मा लिन भनी पीडित पक्षले माघ २१ गते विद्यालयमा निवेदन दिएको विद्यालयका प्रधानाध्यपक निरक तारामीले जानकारी दिनुभयो ।

‘बोर्डिङमा पढिरहेकी छोरीलाई सरकारी विद्यालयमा नाम लेखाइयो तर शिक्षकले कुटपिट गरेर घाइते बनाएकोमा दुख लागेको छ’ – बालिकाकी आमा शान्ति न्यौपानेले असन्तोष व्यक्त गर्नुभयो । लेख्ने गरेको दाहिने हातमा चोट लागेपछि आफूले लेख्न नसकेको बालिकाले इन्सेकलाई बताउनु भयो ।

अन्य

भिडियो