गौमुखी गाउँपालिका-५ का ६९ वर्षीय चिन्तामणी उपाध्यायको हत्या गरेको आरोपमा गौमुखी गाँउपालिका-५ की ५० वर्षीया जेदुकुमारी न्यौपाने र सोही ठाउँका ५१ वर्षीय लोकबहादुर गिरीलाई प्रहरीले ०८१ माघ १९ गते गिरफ्तार गरेको हो ।
उपाध्यायलाई ०८१ माघ १८ गते ढुङ्गा तथा भरुवा बन्दुको पछाडिको भागले हानि कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले बताउनु भयो । पुरानो रिसइबीका कारण हत्या गरेको इन्स्पेक्टर केसीले बताउनु भयो । उहाँका अनुसार पीडित पक्षले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
शवको पोष्टमार्टम माघ १९ गते जिल्ला अस्पताल, बिजुवारमा गरी परिवारको जिम्मा लगाएको छ ।