१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका-४ का २३ वर्षीय अमृत राईलाई माघ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १८ गते गरिएको छ ।