INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई महोत्तरी भंगाह नगरपालिका-२ टिकुलिया की ३३ वर्षीया सुक्रवति चौधरी र भारत छपरा थाना भडहौरा ग्राम पञ्चायत बरदहीया-११ का ३५ वर्षीय मनेजर राय हाल वीरगञ्ज महानगरपालिका-१६ स्थित रितेश खाजा नास्ता होटलका सञ्चालकद्वयले रोजगारी र पैसाको प्रलोभन देखाई यौनजन्य कार्यमा लगाएको आरोपमा ०८१ माघ १७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितहरूले राम्रो आम्दानीको प्रभोलन दिई होटलमा आउने ग्राहकहरूसँग यौन जन्य कार्यमा लगाएको पीडितको आरोप रहेको छ ।

आरोपितहरूविरुद्ध माघ १७ गते पीडितको पक्षले जिल्ला प्रहरी कार्यालय पर्सामा बेचबिखन तथा ओसारपसार शिर्षकमा उजुरी दिनु भयो ।

आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धानका लागि सोहि दिन जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास भट्टले जानकारी दिनु भयो ।

अन्य

भिडियो