२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-५ का ३२ वर्षीय महेन्द्र कुमार यादवविरुद्ध ०८१ माघ १८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ ।
आरोपित यादवले ०८१ माघ ४ गते पीडितलाई बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो ।
आरोपितका काका विरेन्द्र यादवले घटनालाई गाउँमै मिलाउन र प्रहरीमा उजुरी नदिन धाक धम्की दिएको पीडित पक्षले बताउनु भयो ।
घटनापश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।