१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका ६७ वर्षीय एक पुरुष र तेहृथुम जिल्ला स्थायी घर भइ हाङपाङ बस्दै आएका ३२ वर्षीय पुरुषलाई माघ १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितद्वयले ०८१ वैशाख १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोहित शर्माले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १४ गते गरिएको छ ।
आरोपितद्वयको परिचय प्रहरीले गोप्य राखेको छ ।