INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थी कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही कक्षा ९ मा अध्ययनरत विद्यार्थी १६ वर्षीय बालकलाई कुटपिट गरेको भन्दै विद्यालयका शिक्षक लमही नपा–९ विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीविरुद्ध माघ १० गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरिएको छ ।

माघ ८ गते विहान विद्यालय पुगेका खड्कालाई गेटमै रोकेर दुई दिन विद्यालय नआएको भन्दै निर्घात कुटपिट गर्दा विद्यार्थी खड्काको देब्रे कानको जाली फूटेको रिपोर्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो । घाइते बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि घर पठाइएको छ । यस अघि बालकको स्वास्थ्य उपचार माघ ८ गते खिम नरेश मेमोरियल बुढाथोकी इएनटी एण्ड डेन्टल केयर सेन्टर घोराही र माघ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो । दुवै अस्पतालले बाललको देब्रे कानको जाली फुटेको र नशा समेत चुडिएको रिपोट दिएका छन् ।

उजुरी जिल्ला प्रहरी कार्यालयबाट लिइएपनि घटना लमहीमा भएकाले वडा कार्यालय लमहीबाट मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।

अन्य

भिडियो