INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितहरूविरुद्ध  उजुरी 

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मौलापुर नगरपालिका-९ का २१ वर्षीय इरज पटेल र २० वर्षीय रितेस पटेलविरुद्ध ०८१ माघ २ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिएको प्रहरिले बताएको छ।

पीडित युवतीलाई आरोपितहरूले ०८१ मङ्सिर ३० गते यौन दुर्व्यवहार गरी फरार भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दर्ता गराएको इन्स्पेक्टर उमाशङ्कर गुप्ताले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते प्रादेशिक अस्पताल गौरमा भयो ।

अन्य

भिडियो