INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा धनगढी उपमहानगपालिका—१० जुगेडाका ५८ वर्षीय सुकदेव रानालाई ०८१ माघ ७ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश हरीसिंह धामीको इजलासले कसूर ठहर गरी तीन वर्ष कैद सजाय, १५ हजार जरिवाना, २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत कैलालीका सूचना अधिकारी कमल घलेले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ साउन २८ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २ गते जिल्ला  प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले असोज २७ गते ३ लाख रुपियाँ धरौटीमा रिहागरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ भदौ २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो