INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्व मुख्यमन्त्री कुटपिट घटनाका आरोपित गिरफ्तार

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

झापाको कन्काई नगरपालिकास्थित जामुनबारी चोकमा पूर्व मुख्यमन्त्री थापालाई ०८१ माघ ५ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही दिन शिवसताक्षी नगरपालिका-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई नगरपालिका-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई गिरफ्तार गरेको हो ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा ०८१ माघ ५ गते आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा कन्काई नगरपालिकास्थित जामुनबारी चोकमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।

बा १ झ ६५३ नम्बरको गाडीमा बिर्तामोड घर फर्किँदै गरेको अवस्थामा बा १ झ १८७० नम्बरको विद्युत प्राधिकरण सुरुङ्गाको गाडीमा सवार कर्मचारीहरूले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।

रोडमा साइड दिने विषयलाई लिएर भएको विवादका क्रममा पूर्व मुख्यमन्त्री थापामाथि हातपात भएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहनु भएका थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ ।

घाइते थापाको माघ ५ गते बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

अन्य

भिडियो