गौमुखि गाउँपालिका-२ की २० वर्षीया ज्ञानी सुनारलाई कुटपिट गरेको आरोपमा पति ३२ वर्षीय विनोद बिटालुलाई प्रहरीले ०८१ माघ १ गते गिरफ्तार गरेको छ ।
पतिपत्नी बिच ०८१ पुस २९ गते घरायसी झगडा हुदाँ पति विनोदले धारिलो हतियारबाट पत्नीलाई हिकाउर्दा पत्नीको टाउकोमा गहिरो चोट लागेको र उपचारको लागि जिल्ला अस्पतालमा सामन्य उपचारपछि थप उपचारको लागि रुपन्देहीको लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको छ ।
आरोपित विरुद्ध पीडितका आफन्तले ०८१ मघ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव केसीले बताउनु भयो ।