INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रसूति सेवाका लागि लगिएकी एक महिलाको स्वास्थ्य इकाईमा मृत्यु !

अपिहिमाल गाउँपालिकामा एक गर्भवतीको स्वास्थ्य इकाइमा नै मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नम्बर १ की २५ वर्षीया द्रोपति जागरीको स्वास्थ्य इकाईमा मृत्यु भएको हो ।

सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य इकाई, सितीमा पु¥याएको भए पनि स्वास्थ्य इकाईमानै मृत्यु भएको स्थानीय कमानसिह धामीले जानकारी दिनुभयो । बर्थिङ सेन्टर रहेको स्वास्थ्य इकाईमा चेकजाँच गर्दा आमा र बच्चाको अवस्था राम्रै भएको जानकारी थियो, उहाँले भन्नुभयो, तर एकाएक पसिना निकालेर बेडमै द्रोपतिको मृत्यु भयो ।

स्वास्थ्य इकाई पु¥याउँदा महिलालाई व्यथाले धेरै नै च्यापेको थियो । प्रसूतिका निम्ति प्रयाप्त उपकरण समेत छैनन् । स्वास्थ्य इकाईमा कार्यरत अनमी पार्वती जागरीले चेकजाँच गर्नुभयो । दुई तीन घण्टापछि बच्चा जन्माउने अवस्था रहेको जानकारी गराउनु भएको थियो । एकसाता अघि पनि त्यहि स्वास्थ्य इकाईमा चेकजाँच गर्दा महिला र पेटमा बच्चाको अवस्था राम्रै रहेको बताइएको थियो ।

स्वास्थ्य चौकी, खण्ण्डेश्वरीमा गएर भिडियो एक्सरे गराउँदा पनि राम्रै रहेको जानकारी थियो, धामीले भन्नुभयो, तर, एकाएक बेहोस भइन् । महिला शारीरिक रुपमा समेत कमजोर थिइन् । यसअघि जागरीका एक छोरी छन् ।

हेलिकप्टरबाट तत्काल उद्धार गर्न सकिने अवस्था पनि थिएन् । नजिकको स्वास्थ्य इकाई पुर्‍याउनै समय लाग्यो । अवस्था सामान्य भएपछि बाहिर लिने तयारी पनि गरिएन् । अपिहिमाल गाउँपालिकामा सडक सञ्जाल र विद्युत पुगेको छैन् । गाउँबाट गाडीसम्म पु¥याउनै चार घण्टा बढि समय लाग्छ । अपि हिमाल गाउँपालिकाका स्वास्थ संयोजक राजेन्द्रसिह धामीले भन्नुभयो, हेलिको व्यवस्थापन गर्ने प्रयास गरे पनि समय ढिला भइसकेकोले गर्न सकिएने र सुत्केरीलाई बचाउन सकिएन ।

स्वास्थ्य कार्यालय, दार्चुलाका प्रमुख बिरेन्द्र भट्का अनुसार यो घटना बाहेक आर्थिक वर्ष ०७७ /०७८ र  ०७८ / ०७९ मा जिल्लामा एक÷एक जना गरी दुई जना  सुत्केरीको मृत्युु भएको छ ।

अन्य

भिडियो