१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौविसे गाउँपालिका-५ बोधेका २६ वर्षीय सुजन खतिवडालाई माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ माघ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ ४ गते इलाका प्रहरी कार्यालय, राजारानीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ४ गते गरिएको छ ।