INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई माघ २ गते बलात्कार गरेको आरोपमा प्रहरीले भीमेश्वर नगरपालिका-५ का ५२ वर्षीय कृष्णबहादुर दमाईलाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले घटना लगत्तै आरोपितविरुद्ध कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २ गते पशुपति चौलागाई स्मृति अस्पताल, चरिकोटमा गरिएको छ ।

अन्य

भिडियो