INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा जिल्ला, दमक नगरपालिका स्थायी घर भइ सङ्खुवासभा बस्दै आएका ३० वर्षीय सरोज सुनुवारलाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ पुस १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि सभापोखरी गाउँपालिका-१ धुपुबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १५ गते गरिएको छ ।

अन्य

भिडियो