३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ ।
घटनापश्चात आरोपित चौधरी फरार भएकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी मुक्तीनाथ सापकोटाले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २८ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।